अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ को किमडाँडामा डिफ्रीज अनुदान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
वार्ड नम्बर ८ को किमडाँडाले अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्रीवितरण सहकारीलाई आज एक कार्यक्रमका बिच एक लाख बराबरका ३ थान डिफ्रीज अनुदानमा उपलब्ध गराएको हो ।
वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालले सहकारीका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेलाई हस्तान्तरण गर्नुभएको थियो ।