प्रदीप शुर्यवंशी
पाणिनी (अर्घाखाँची डट्कम) न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्स प्रालीले यस पटक तेश्रो पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव २०७६ मा आफ्नो महत्त्वपूर्ण भूमिका निभाएको छ ।
नेपाल देखी भारतको विभिन्न स्थानमा दैनिक रुपमा यातायात सेवा संचालन गरिरहेको यस ट्राभल्सले सामाजिक कार्यमा पनि उल्लेखनीय योगदान पुर्याएको आएको छ । महाशिवरात्री पर्व को अवसरमा पाणिनी ३ दुर्गाफाँटमा आयोजित तेस्रो पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवमा न्यु सागर एण्ड सगरमाथा प्रालि मुख्य प्रायोजकको रुपमा रहेको थियो ।
पाणिनी ५ निवासी युवा व्यावसायि बावुराम घिमिरेले कम्पनीको तर्फवाट आफ्नो उपस्थिती जनाएको बताउदै पाणिनी क्षेत्र आफ्नो जन्मस्थान पनि भएकोले यस पालिकामा आयोजना हुने हरेक यस्ता कार्यक्रम आफु र आफु आवद्ध कम्पनी तर्फवाट सदैव सहयोग रहने वनाएका छन । पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनाम , उपाध्यक्ष धुव्र घिमिरे र सचिव केशव वन्जाडे सहित यस समितीका सवै पदाधिकारी को कार्यप्रति खुलेर प्रशंसा गरेका घिमिरेले सस्थाको तर्फवाट तिहारमा संचालित भैली कार्यक्रममा पनि एम्बुलेंस खरिदको लागी आर्थिक सहयोग गरेका थिए ।
हामी सुख दुखमा सहयोगीको भूमिका निभाउन तयार छौ । यस पटक सस्थाले पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव २०७६ मा न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्सलाई मुख्य प्रायोजक को लागी स्थान दिएकोमा धन्यवाद ज्ञापन गर्दै समिती सदस्य पाणिनी ५ निवासी लक्ष्मण घिमिरेले आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन ।
बावुराम घिमिरे समितीका उपाध्यक्ष तथा एमडी पनि भएकोले आफै उपस्थित रहेका थिए । म पाणिनी गाँउ पालिका वडा नं ५ मा जन्मिएको हुदा यस क्षेत्रमा विकास गर्नु मेरो पनि दायित्व हो बावुराम घिमिरेको धारणा थियो । कृष्णनगर कपिलवस्तुमा मुख्य कार्यालय र बुटवलमा शाखा रहेको न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल्स प्रालिको सेवा प्रवाह राम्रो भएकोले यसले आफ्नै अलग पहिचान बनाएको छ । यस कार्यक्रममा चर्चित गायक राजु परियार,नन्दु परियार,संगीता चितौरे लगायतको खुलेर प्रशंसा गरेका घिमिरे कलाकारलाई पनि निकै माया गर्ने व्यक्ति भएकोले आफु उपस्थित भएको बताएका छन ।