अनिता भुसाल
धारापानी, अर्घाखाँची फागुन १२ । अर्घाखाँची जिल्लाकाे धारापानीमा भएकाे माेटरसाईकल दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ ।
आज साँझ करिव ७ बजेतिर भुमिकास्थान नगरपालिका वडा नं ४ सानाऔवल मिलनचाेकमा लु ५६ प ९०१९ नम्वरकाे माेटरसाईकल दुर्घटना हुँदा माेटरसाईकलमा सवार फलामखिलका चाेपलाल घर्तिकाे ज्यान गएकाे हाे ।
दुर्घटनामा गम्भीर घाईते भएका अन्दाजी ३० बर्षिय घर्तिकाे उपचारकाे लागि सन्धिखर्क ल्याउदै गर्दा ज्यान गएकाे हाे ।
घटनामा माेटरसाईकल चालक नवीन आले र स्थानिय लक्ष्मि सुनार घाईते भएका छन् । घाईते दुवैजनाकाे उपचार भैरहेकाे छ ।
सन्धिखर्कबाट फलामखिलि जादैै गरेकाे माेटरसाईकलले स्थानिय लक्ष्मि सुनारलाई ठक्कर दिएपछि दुर्घटना भएकाे चालक अालेले बताए । आलेका अनुसार महिलालाई बचाउने क्रममा अनियन्त्रित भई माेटराईकल दुर्घटना भएकाे हाे ।