सुर्य भुसाल
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले एकल महिलाहरुलाई आत्म निर्भर गराउनका लागि नगरपालिकाले बिभिन्न खालका आयआर्जन मुलक कामहरु अगाडि बढाएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ ले वार्ड कार्यालय डिभर्नामा आयोजना गरेको एकल तथा बिपन्न कृर्षक महिला क्षमता अभिबृर्दि कार्यक्रमको उदघाटन गर्दै उहाले सिपमुलक तालिमहरुबाट महिलाहरु आर्थिक रुपमा आत्म निर्भर बनुन भन्ने उदेश्यले यस्ता खालका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले वार्ड कार्यालयबाट लिएको तालिम गाउँटोल बस्तिमा पुराई अन्य पिछडिएको बर्ग तथा एकल महिलाहरु को क्षेमता अभिबृर्दिमा टेवा पुग्नेगरि सिक्न र सिकेको कुरा व्यवहाँरमा लागु गर्न आग्रह गर्नु भयो ।
बिकले नगरपालिकाबाट नयाँ नयाँ कामहरु अगाडि बढाईएकोले काम पार्दर्सि भए नभएको स्थानिय उपभोक्ताहरुले पनि अनुगमन गर्ने बानिको बिकास गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत मन्जु खनाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।
वार्ड अध्यक्ष नारायण खड्काको अध्यक्षता वार्ड सचिब अनन्त मणि पोख्रेलको सन्चालनमा सम्पन्न भएको हो ।