सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा रहेको बसपार्कलाई व्यवस्थित बनाउने कामको सुरुवात गरिएको छ ।
सघिय ईकाई कार्यालय भैरहवाको आर्थिक सहयोगमा सन्धिखर्क बसपार्क ढालन गरि हिलो धुलो मुक्त बसपार्क बनाउन सुरु गरिएको हो ।
बसपार्क लम्बाई ५८ मिटर र चौडाइ ५४ मिटर हुने गरि हाललाई २५ मिटर लम्बाई र २५मिटर चौडाइको पक्की ढलान कार्य शुरु गर्न लागिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।
बसपार्कको काम पौडेल कन्ट्रकसनका सन्चालक प्रेम पौडेलले ठेक्का लिएर काम सुरु गर्न लागेका छन ।
बसपार्कको साईट दिनका लागि नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, नगरपालिकाका शाखा अधिकृत मन्जु खनाल, वार्ड नम्बर १ का काबा अध्यक्ष लक्ष्मण पराजुली, जनप्रतिनिधिहरु बल बहादुर बिसी, सुपरभाइजर जगत खनाल निर्माण ब्यबसायी प्रेम पौडेल लगायतको उपस्थितिमा बसपार्कको काम सुरु गर्न साईट दिएको हो ।