अर्घाखाँचीमा विप्लव नेकपाको विद्यार्थीले आब्हान गरेको शैक्षिक हड्तालले विद्यालयहरुमा पठनपाठन प्रभावित

श्याम घिमिरे
पाली, अर्घाखाँची फागुन १४ । अर्घाखाँची जिल्लामा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन क्रान्तिकारीको शैक्षिक हड्तालले अधिकांश शैक्षिक संस्थाहरुमा पठनपाठन प्रभावित भएका छन् ।    
विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन क्रान्तिकारीले आफ्ना केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा बुधवार शैक्षिक हड्तालको आब्हान गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आब्हान गरेको शैक्षिक हड्तालका कारण काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थाहरुमा अध्ययन–अध्यापन कार्य प्रभावित भएको छ ।
२५ औँ ‘जनयुद्ध’ दिवसको अवसरमा काठमाडौँमा भएको एक कार्यक्रमबाट आफ्ना अध्यक्ष ढकाललाई गैरन्यायीक रुपमा केपी ओली सरकारले पक्राउ गरेको आरोप अखिल क्रान्तिकारीले लगाएको छ । शैक्षिक हड्तालका कारण अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका बिभिन्न शैक्षिक संस्था लगायत ग्रामिण क्षेत्रका अधिकांश शैक्षिक संस्थाहरुमा पठनपाठन प्रभावित भएको छ ।

अन्य समाचारहरु