सागर महत
बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहको शान्ति मावि बाँगीको आयोजनामा यसै वर्षको शैक्षिक सत्रमा संचालान भएको प्राविधीक धार तर्फको अभिभावक भेला सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष सोभाकर भुसालले विधालयमा शौक्षिक सुधारको लागी कुनै प्रकारको कमी हुन नदिने बताउदै प्राविधीक विषयमा अध्यान गर्ने अभिभावकका गुनासा माथी प्रष्ट पार्नु भएको थियो ।
यस्तै कार्यक्रमका अध्यक्ष तथा विधालयका प्रअ मानबहादुर पाण्डेले विधार्थीको शैक्षिक उपलब्धी विश्लेषण कार्यक्रमले शिक्षक ,अभिभावक, विधार्थीको यस्तो समावेशी कार्यले पठन पाठनमा सहज आउने बताउदै कम्युटर इन्जिनियरीङ्घ विद्याको विषयामा जोडिएको प्रशासनीक शैक्षिक साथै आगामी वर्ष संचालन गरिने रणनीती बारे जानकारी गराउनु भएको हो ।
कार्यक्रममा हाल सम्म गरीएको गतिविधी बारे भिडियो प्रर्दशन जिवन खनालले गर्नुभएको हो ।
कार्यक्रममा सहायक प्रअ तारा प्रसाद भुसाल ,अभिभावक तारा खनाल ,विशाल खड्का भेष बहादुर खड्का मीना अधीकारी लगायको सहभागीता रहेको कार्यक्रमको संचालन रेशम भुसालले गर्नु भएको हो ।