सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ खड्का कोलोनीमा बसोबास गर्ने योगेन्द खड्का अर्घाखाँचीको सबै भन्दा पहिलो सस्था देउराली यातायात प्रालि अर्घाखाँचीका अध्यक्ष हुन ।
देउराली यातायात प्रालिका लगातार दुई पटक निर्वाचित अध्यक्ष खड्का सरकारको यातायात सिन्डिकेटपछि देउराली यातायात प्रालिका पनि अध्यक्ष हुन । अर्घाखाँची जिल्लामा रहेर दिन दुखिको सेवा गर्ने सन्धिखर्क स्थानिय ब्यापारी खड्काको अहिले सन्धिखर्कमा पसुपति बेकरी उधोग स्थापित ब्यबसाय हो ।
सालिन स्वभावका खड्का अर्घाखाँचीका युवा ब्यबसायी तथा सामाजिक अभियन्ता तथा हालका अर्घाखाँचीका सामाजिक अभियान्ता हुन दिन दुखिको सेवामा रमाउने खड्काले हाल धेरै ठाउँमा सामाजिक सहयोग गर्दै आउने मध्यका युवा ब्यबसायी हुन ।
खड्काले अर्घाखाँचीमा धेरै सेवा मुलक काम गर्दै यातायात क्षेत्रको सुधारमा महत्त्वपूर्ण भुमिका खेली अर्घाखाँची जिल्लाको बिकास साथै सामाजिक अभियान्ताको रुपमा काम गर्दै आएका छन ।
खड्काले आफ्नो जन्म दिनको अबसरमा समेत फजुल खर्च नगरी प्रचार नगर्ने उदेश्यले सामाजिक क्षेत्रका बिभिन्न ठाउँमा नयाँ योजानाका साथ काम गरेका छन ।
हाल आएर खड्काले धेरै ठाउँमा सहयोग गर्दै आएका छन । खड्का भन्छन दुखी पिडितको सेवा गर्न पाउदा आफु हर्सित हुने खड्काको दावी छ ।
अर्घाखाँचीका झन्डै ३ दर्जन संस्थामा आबद्द खड्का अर्घाखाँचीका सबैभन्दा प्रिय युवा ब्यबसायी हुन ।