मनिष अधिकारी
दुर्गाफाट, खिदिम फाल्गुन १५ । दादुरा रुबेला क्याम्पियन राष्ट्रिय अभियान कार्यक्रम मा कोहि बालबालिका छुट्नु नहुने कुरामा सरोकारवाला हरुले जोड दिएका छन् ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका दुर्गाफाटमा आयोजित सरोकारवालाहरुसँगको अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवाला हरुले उक्त कुरामा जोड दिएका छ्न।
पाणिनी गाउँपालिका अन्तर्गतका समुदायमा यहीँ फाल्गुन २३ गते देखी चैत १ गते सम्म सन्चालन हुन गइरहेको अभियान मा सरोकारवाला हरुलाइ जानकारि तथा अभिमुखीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रम मा सबै वाडका वार्ड अध्यक्ष तथा स्वस्थ्यकर्मी सहित ३० जनाको सहभागिता रहेको थियो।
पाणिनी गाउँपालिका अध्यक्ष अचुत गौतम अध्यक्षतामा संचालित संचालित कार्यक्रम मा उपाध्यक्ष लक्ष्मी गौतम प्रमुख प्रमुख प्रसासकिय अधिकृत मधुकृष्ण पौड्याल धातिबाङ स्वास्थ्य चौकी प्रमुख मित्रदेब पौडेल लगायत ले बोल्नुभएको थियोे ।
स्वास्थ्य संयोजक सेस्कान्त घिमिरे घिमिरे ले संचालन गर्नुभएको कार्यक्रम मा स्वास्थ्यचौकी बाट सेबा दिइरहदा आइ पर्ने चुनौती को बीसएमा समेत छ्लफल भएको थियो।