खाँचीकोटका गर्भवती महिलाहरूलाई अन्डा, झन्डा, झोला र बाबालाई चिठी बितरण कार्यक्रम शुभारम्भ (तस्बिर सहित)

अर्घाखाँचीडट्कम / प्रेम बि क 
डिहिडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा गर्भवती महिलाहरूलाई अन्डा, झन्डा, झोला र बाबालाई चिठी बितरण कार्यक्रम शुभारम्भ भएकाे छ ।
खाँचीकोटमा अध्यक्ष पोषण प्याकेज कार्यक्रम अन्तरगत गर्भवती आमाकाे स्याहार र पाेषण, घटाउ गर्भवाटै बच्चालाई कुपोषण भन्ने नाराका साथ अध्यक्ष पाेषण प्याकेज कार्यक्रम सन्धिखर्क नगरपालिका वार्ड  नं. ७ खाँचिकाेटमा सुभारम्भ भएकाे छ ।
कार्यक्रम वडा सचिव वेलकुमारी परियारकाे संचालन वडा अध्यक्ष प्रितम बहादुर थापाकाे अध्यक्ष्ाता कार्यपालिका सदस्य वसन्ता केसीकाे स्वागत मन्तव्य लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद पाैडेल, स्वास्थ्य चाैकी प्रमुख प्रेम बहादुर विक, वडा सदस्य विष्णुप्रसाद भुसाल, रामु खनाल कमला नेपाली लुम्बिनी सामाजिक विकास केन्द्रकि सामुदायिक पाेषण स्वयंसेवक शारदा शर्मा भट्टराई लगायत कार्यक्रम सफलताको शुभकामना व्यत्त गर्नुभएको थियाे । कार्यक्रम फागुन १६ देखि १८ गतेसम्म चल्नेछ । 

अन्य समाचारहरु