चुत्राबेसी भक्तिटोलको शिद्देश्वर शिवालय मन्दिरलाई ट्रष्ट हस्तान्तरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे
चुत्राबेसी, अर्घाखाँची फागुन १५  । अर्घाखाँची जिल्लाको चुत्राबेसी भक्तिटोलमा रहेको शिद्देश्वर शिवालय मन्दिरलाई  साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड अर्घाखाँचीले  ट्रष्ट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । 
शुक्रबार मन्दिर परीषर् मा आयोजित एक कार्यक्रममा बैंकका क्षेत्रिय प्रबन्धक लेखनाथ पौडेल र चुत्राबेसी शाखा प्रबन्धक अञ्जली केसीले संयुक्त रुपमा शिद्देश्वर शिवालय मन्दिर संचालक समितिलाई ट्रष्ट हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै क्षेत्रिय प्रबन्धक लेखनाथ पौडेलले संस्थागत सामाजीक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत शिबालयलाई ट्रष्ट हस्तान्तरण गरीएको बताउनु भयो । पौडेलले बैंकले यस्ता कार्यक्रमहरुको सुरुवाती मात्र गर्न लागेको भन्दै आगामी दिनमा सहयोगलाई व्यापक बनाउदै लैजाने समेत बताउनु भयो ।
शिवालय मन्दिर संचालक समितिका सचिब कृष्णप्रसाद भुसालको अध्यक्षता, सनपा १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुदाँलीको स्वागत मनतब्य र नेत्र भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समितिका कोषाध्यक्ष राजकुमार श्रेष्ठ,मोती आचार्य,मिना श्रेष्ठ, गोमा श्रेष्ठ,शान्ता खत्री,पत्रकार श्याम घिमिर,े बैंकका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
 ट्रष्ट करीब १ लाखको लागतमा सम्पन्न भएको बैंकका चुत्राबेसी शाखा प्रबन्धक अञ्जली केसीले जानकारी दिनुभयो ।

अन्य समाचारहरु