पाणिनी बहुमुखी क्याम्पसमा बन्न लागेको ६ कोठे भवनको शिलन्यास कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पसमा बन्न लागेको ६ कोठे भवनको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।
पाणिनी बहुमुखी क्याम्पसमा बन्न लागेको ६ कोठे भवनको पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलन्यास गर्नुभएको थियो । 
सो अबसरमा रायमाझीले संसद विकास कोषबाट १ करोड बजेट विनियोजन गरेको बताउनु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य तथा पाणिनी बहुमुखी क्याम्पस सञ्चालक समितीका अध्यक्ष चेतनारायण आचार्य, प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे,सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल, क्याम्पस प्रमुख बाबुराम शर्मा लगायतको उपस्थिती रहेको थियो ।
६ सय बढी विद्यार्थीहरुले अध्ययन गर्ने पाणिनी बहुमुखी क्याम्पसमा प्रदेश सरकारले विनियोजन गरेको ६० लाख रुपैया र संसद विकास कोषको १ करोडबाट तिन तले भवन निर्माण हुनेछ । 

अन्य समाचारहरु