खनदहको आदर्श माबि र सुन्दरा आधारभूत विद्यालयमा पोशाक बितरण तथा हाजिर जवाफ कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड न ३ खनदहको आदर्श माबि र सुन्दरा आधारभूत विद्यालयलाई संस्कृती संरक्षणको लागि पोशाक बितरण तथा हाजिर जवाफ कार्यक्रम सम्पन्न भएको छ ।  
मालारानी गाउँपालिका वार्ड न ३ बाट आ ब ०७६/७७ को बिनियोजित बजेट मध्येबाट जनमुखी झरना युवा क्लबबाट आयोजित कार्यक्रममा आदर्श मा बि र सुन्दरा आ बि लाई संस्कृती संरक्षणको लागि पोशाक बितरण तथा हाजिर जवाफ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण सर्मा उपाध्यक्ष प्रमिला क्षेत्री वार्ड अध्यक्ष सोभाखर खनाल लगाऐतले मन्तब्य राख्नु भएको थियोे ।

अन्य समाचारहरु