( प्रकासित मिती: २०७६ फाल्गुन २१, बुधवार)
अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न.५ बाँगीको अल्गाटारीमा जीप दुर्घट्ना भएको छ ।
छिमेकी जिल्ला गुल्मीबाट सुपा देउराली मन्दिरमा पूजा गर्न आएको लु.१ ज २६५८ नम्बरको महेन्द्र जीप फर्कने क्रममा बाँगीको अल्गाटारीमा जीप दुर्घट्ना भएको हो ।
दुर्घट्नामा चालक सहित आधा दर्जन यात्रु सामान्य घाइते भएका छन् । जीपमा केटा-केटी सहित १५ जना सवार रहेको प्रहरीले बताएको छ ।
जीप सडकमा पल्टिएको छ । दुर्घट्नाको कारण खुल्न सकेको छैन् ।