अर्घाको बिहारमा ग्यालेक्सी ईङ्लिस स्कुलको साप्ताहिक खेलकुद तथा बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न

श्याम घिमिरे 
फागुन २२ अर्घाखाँची – अर्घा ग्यालेक्सीको सान, गुणस्तरीय शिक्षा हाम्रो अभियान, भन्ने नारा सहीत स्थापित सन्धिखर्क नगरपालीका १० बिहारमा अबस्थीत अर्घा ग्यालेक्सी ईङ्लिस बोर्डीङ्ग स्कुलले आज एक कार्यक्रमका बिच साप्ताहिक खेलकुद तथा बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालीका शिक्षा शाखा प्रमुख उपसचिब युगल नारायण बस्येलले भोली देशलाई चाहीने नेतृत्व अहिलेका बिद्यार्थीहरुको काँधमा रहेको भन्दै समय सापेक्ष शिक्षा बिना देश बिकास गर्न नसकीने बताउनु भयो । शिक्षालाई प्रभाबकारी बनाउन शिक्षक अभिभाबक र बिद्यार्थीको त्रिपक्षय सम्बन्ध बलीयो हुनुपर्ने बताउदै बस्येलले शिक्षा बिना देशको समृद्धि हुन नसक्ने कुरामा जोड समेत दिनुभयो ।
प्याबसन केन्द्रीय सदस्य श्रीकृष्ण भुसालले निजि क्षेत्रबाट सञ्चालनमा रहेका बिद्यालयहरुलाई राज्यले उपेक्षा गरेको भन्दै आगामी दिनमा राज्यले निजि क्षेत्रलाई समेत संगसंगै लैजानुपर्ने बताउनु भयो । सन्धिखर्क १० का वडाअध्यक्ष लक्ष्मीनारायण चँुदालीले शिक्षा क्षेत्रको समग्र बिकासको लागी वडाबाट हुनसक्ने जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भयो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुबदार भिमबहादुर कुवँरको अध्यक्षता, सहायक प्रिन्सिपल मोहन भुसालको स्वागत मनतब्य र प्रिन्सिपल पबन मरासीनिको सञ्चालनमा सम्पन्न कार्यक्रमा पत्रकार श्याम घिमिरे,बिद्यार्थी स्नेहा भुसाल लगायतले मनतब्य राख्दै बिद्यालयको शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गतबर्ष बिभिन्न कक्षामा प्रथम,द्धतिय र तृतिय स्थान हासीलगर्ने बिद्यार्थी र बिद्यालयमा गरीएका बिभिन्न खेलकुद बिदामा बिजेताहुने बिद्यार्थी अभिभाबक र शिक्षकहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरीएको थियो ।
नर्सरी देखी कक्षा ६ सम्म सञ्चालनमा रहेको बिद्यालयमा हाल करीब तिन सय जना बिद्यार्थीहरुले अध्ययन गरीरहेका छन । पछील्लो समय बिद्यालयले बिद्यार्थीको सुबिधाकोलागी स्कुल बसको समेत ब्यबस्था गरेको प्रिन्सिपल पबन मरासीनिले जानकारी दिनुभयो ।

अन्य समाचारहरु