भगवतीमा गर्भवति पाेषण कार्यक्रम शुभारम्भ (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
भगवती, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका-७ भगवतीमा ‘गर्भवति पाेषण कार्यक्रम’ शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । 
भगवतीको स्वास्थ्य चाैकी प्रागंणमा शुक्रबार गर्भवति पाेषण कार्यक्रम शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रमको छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले उद्धघाटन गर्नु भएको थियो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वार्ड  सदस्य  मणिराम पाण्डे, छत्रदेव स्वास्थ्य इन्चार्ज वुद्धि न्यौपाने, लुम्बिनी सामाजिक केन्द्रका निर्देशक कृष्ण पौडेल, महिला स्वास्थ्य स्वयमसेविका राधा पाण्डे, काँग्रेसका क्षेत्रिय उपसभापति कृष्ण बेल्वासे, नेकपाका प्रतिनिधी झविलाल पाण्डे लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु