विक्रम पाण्डे
सन्धिखर्क । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सन्धिखर्क शाखाले आज एक कार्यक्रमको विचमा आधारभुत अभिकर्ता तालिक सम्पन्न गरेको छ ।
आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँच नम्बर प्रदेश प्रमुख यमलाल न्यौपानेको प्रमुख आतिथ्यता तथा प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको हो ।
तालिममा प्रमुख अतिथी न्यौपानेले विमा सम्बन्धी ज्ञान तथा महत्वको विषयमा प्रकाश पार्नुभएको थियो । उहाँले कम्पनीको विभिन्न विमा योजनाको बारेमा जानकारी दिँदै अभिकर्ताहरुलाई सहजीकरण गर्नुभएको थियो ।
न्यौपानेले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारी साथसाथै जीवन बीमामा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भूमिकाको बारेमा तालिममा सहभागीहरुलाई स्पष्ट पार्दै सफल बीमा अभिकर्ता भई कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गर्नुभयो ।तालिमको औपचारिक समापन गर्दै शाखा कार्यालय सन्धिखर्कका शाखा प्रमुख बोम बहादुर छेत्रीले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने बताउनुभयो । कार्यक्रम शाखाका अण्डरराईटिङ स्टाफ विक्रम पाण्डेको संचालनमा सम्पन्न भएको हो । तालिममा ३० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
कम्पनीले हाल बाल उज्जवल जीवन विमा , बाल उमंग जीवन विमा , धनसरीता जीवन विमा , सरल सावधिक जीवन विमा, आजिवन जीवन विमा , बैदेशिक रोजगार म्यादी जीवन विमा , सवल धनवद्र्धन , धनबृक्ष लगायतका दर्जनौँ विमा योजनाहरु बजारमा ल्याएको छ ।