मालारानीमा नेकपाको गाउँपालिका कमिटीमा विभिन्न बिभाग निर्माण

शोभाखर पन्थी 
मालारानी, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँपालिका कमिटीले विभिन्न बिभाग निर्माण गरेको छ । 
कमिटीको शनिवार खनदहमा सम्पन्न बैठकले स्कुल बिभाग प्रमुखमा सालिकराम आचार्य,संगठन बिभाग प्रखुख शिबलाल कुवर ,स्थानीयतह परिचालन बिभाग प्रमुख किमबहादुर चौहान र प्रचार बिभाग प्रमुखमा लिलबहादुर पाण्डेलाई चयन गरेको छ । बैठकले सालिकराम आचार्य,शिबलाल कुवर र यमलाल खनाल रहेको ३ सदस्यीय कार्यालय तथा ३ जना पछि थप्ने गरि २५ सदस्यीय सचिवालयको समेत चयन गरेको छ ।
 कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शुशिला श्रीपालीले पार्टी एकताले संसारभरीका श्रमजीवी वर्गमा उत्साह थपेको बताउँदै एकीकृत र बलियो पार्टी निर्माणको निम्ति पार्टीको तल्लो ईकाई सम्म एकताको भाव लैजानु पर्ने बताउनुभयो । प्रदेश कमिटीका सदस्य नरेन्द्र कुमार  क्षेत्रीले जनभावना अनुसार कामगर्न कार्यकर्ता लाई आग्रह गर्नुभयो । नेकपाका नेताहरू पीताम्बर भुसाल,दलबहादुर भट्टराई, मानबहादुर पाण्डे र तिलक मिश्र मिश्रले वर्तमान सरकारले देश र जनताको पक्षमा धेरै राम्रो काम गरेको बताउदै सरकारले गरेकाकाम जनस्तरमा लैजान आग्रह  गर्नुभयो । 
पालिका कमिटीका अध्यक्ष सालिकराम आचार्य को अध्यक्षता र  सचीव शिवलाल कुवरको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू बिष्णु मिश्र, पुतला खनाल,दीपा पोखरेल , नारायण अर्याल, मुनाल खड्का,बसन्त खड्का,देवबहादुर खड्का लगायतका बक्ताहरुले समेत मन्तव्य राख्नुभएको थियो ।

अन्य समाचारहरु