हिम लेकाली
सन्धिखर्क, अर्घाखाँची /फाल्गुण २४ । अखिल नेपाल किसान महासंघ स्थाई कमिटी सदस्य सेसुराम भण्डारीले कृषि क्रान्ति बिना देश परिबर्तन हुन नसक्ने बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको सपथ ग्रहण तथा प्रथम बैठक कार्यक्रमको उद्घघाटन गर्दै उहाँले राजनीतिक परिवर्तन पश्चात अहिले किसानहरूकाे अवस्था फेरियकाे बताउनु भयो । उहाँले सरकारले किसानहरूलाई उन्नत बिउमल ,कृषि अाैजार तथा प्रबिधि हस्तान्तरण साथै न्यून ब्याजदरमा ऋण उपलब्ध गराई जागरिला कृषकहरूलाई प्राेत्साहन गरेकाे बताउनु भयाे । उहाँले अब राज्यले भुमिकाे बर्गिकरण गरेर जनताका समूह ,सहकारि संस्था लाई सामुहिक खेति प्रणालीमा अनुदान र लगानिमा विशेष जाेड दिनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा मन्तव्य राख्दै महासंघ केन्द्रीय सचिवालय सदस्य ५ नं प्रदेश कमिटी ईन्चार्ज कमल श्रेष्ठले किसानहरूकाे बर्गिकरण गर्नु पर्ने र उत्पादनमा अाधारित अनुदान दिनु पर्ने बताउनु भयाे । नेपाल कम्युनिस्ट (नेकपा )जिल्ला सचिव ठाकुर कुमार बि .क.ले किसानका हरेक कार्यक्रम सफल पार्न जिल्ला पार्टी लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे । अर्का बक्ता महासंघ ५ नं.प्रदेश संयाेजक वुद्ध बस्नेतले किसानकाे हकहितकाे निम्ति सरकार का तिनैतहहरूले किसानहरूलाई सहयाेग गर्नुपर्ने बताउनुभयो । यसैगरि महासंघ केन्द्रीय सचिवालय सदस्य ५ नं. प्रदेश सह संयाेजक जालपा भुसालले नेपाल कृषि प्रधान देश भएकोले कृषि काे उत्पादन र विकास ले मात्रै समृद्धि मार्फत नेपाली जनताको मुहारमा खुसि ल्याउन सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ५ नं. प्रदेश सदस्य ताेज बहादुरायमाझी( बिधान), यमुना भुसाल , महासंघ जिल्ला ईन्चार्ज सराेज भुसाल ,अादिवासि जनजाति महासंघ केन्द्रीय सदस्य मान वहादुर मुखिया , प्रेस संगठन नेपालका जिल्ला संयाेजक हिम लेकाली लगायत ले मन्तव्य राख्नु भएको थियाे ।
किसान महासंघले किसानका बिषयगत समितिहरू निर्माण गरेकाे छ । निर्माण गरिएका १७ समितिका संयाेजक ,सह संयाेजक तथा सदस्यहरूलाई प्रमुख अतिथि बाट सपथ खुवानुका साथै महासंघकाे नीति सीद्धान्त र कार्यक्रम बारे प्रकाश पारियकाे थियाे ।
अखिल नेपाल किसान महासंघ जिल्ला संयोजक छन्द बहादुर क्षेत्री काे अध्यक्षता र केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज देवि बहादुर रायमाझी काे संचालनमा सम्पन्न कार्यक्रमकाे स्वागत महासंघ जिल्ला सह संयाेजक ढुण्डिराज ज्ञवालीले गर्नु भएको थियाे ।