अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं २ अर्घातोषको लामापोखराका युवा व्यवसायी दुर्गा बन्जाडेले मास्क वितरण गर्नु भएको छ ।
अर्घातोषको लामापोखरा घर भई हाल काठमाडौंमा व्यवसाय गर्दै आएका युवा व्यवसायी दुर्गा बन्जाडेले अर्घाखाँचीडट्कम मार्फत १५० थान मास्क वितरण गर्न उपलब्ध गराउनु भएको हो ।
कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेकोले सतर्कता अपनाउनका लागि भन्दै गरिव, असायह र पहुच विहिनहरुका लागि मास्क वितरण गरेको बन्जाडेले बताउनु भयो ।
कोरोनाभाइरस संक्रमण सचेतनाका लागि नि:शुल्क मास्क अभियान नै सुरू गर्नुभएका बन्जाडेले अर्घाखाँचीबासीलाई अरु हजार बढी मास्क वितरण गर्ने बताउनु भयो ।
बन्जाडे व्यवसाय बाहेक सामाजिक कार्य पनि गर्दै आउनुभएको छ । गरिव, असायह र पहुच विहिनहरुका लागि समय – समयमा सहयोग गर्दै आनुभएको छ ।
अर्घाखाँचीका कुनै पनि व्यवसायीले गरिव, असायह र पहुच विहिनहरुका लागि कहिलै पनि कुनै सहयोग नगरेको बेला युवा व्यवसायी दुर्गा बन्जाडे जिल्लाको लागि उदारणिय बन्नुभएको छ । जिल्लाबासी बन्जाडेको सामाजिक कामलाई सराहना गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाभाइरस फैलन सक्ने उच्च जोखिममा रहेको सूचीमा राखेको छ।