मधु खनाल
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ३ खनदह बजार फूल, रङ रोगङका साथै झिलिमिली भएको छ ।
बजारको बिचमा रहेको पार्कमा फूल, रङ र झिलिमिलीले यतिबेला खनदह बजारको सुन्दरता नै बादलिएको छ ।
यतिबेला मालारानी गाउँपालिकाको आ ब २०७६-७७ को लागि बिनियोजिन २ लाख बजेटबाट हरियालीको लागि विभिन्न जातका बिरुवा बार बत्ती रङ रोगङ आदि काम हुँदैछ ।
यहाँको पहिला टोपबहादुर रायमाझीले दोस्रो सम्बिधान सभा सदस्य हुँदा सासद बिकास कोषबाट दस लाख रुपैया बिनियोजित गरि सुरुवात भएको काम बिचमा केही समय संरक्षकको अभाबमा कुरुप भएको थियो । र पछि मालारानी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष र ३ नम्बर वार्ड अध्यक्षको पहलमा यो कामले निरन्तरता पाएको छ ।