अर्घाखाँचीडट्कम संवाददाता
पानडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ७ नुवाकोटको पानडाँडामा कोरोना भाईरसबाट बच्ने उपाय सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी खिल्जी अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार नुवाकोटको पानडाँडामा स्थानियबासी तथा युवाहरुको उपस्थितिमा प्र.ना.नि. देब बहादुर के.सी.ले कोरोना भाईरसबाट बच्ने उपाय सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको थियो ।