अर्घाखाँचीमा नेकपा निकट पत्रकारहरुको प्रचार तथा प्रकाशन बिभागको प्रथम पुर्ण बैठक सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट पत्रकारहरुको प्रचार तथा प्रकाशन बिभाग अर्घाखाँचीको प्रथमपुर्ण बैठक सम्पन्न भएको छ।
प्रचार तथा प्रकाशन बिभाग अर्घाखाँचीको प्रथमपुर्ण बैठक  बिभागका संयोजक तिलक मिश्र को अध्यक्षतामा बसि महत्त्वपूर्ण जिम्मेवारी र कार्यबिभाजन सहित सन्धिखर्कमा सम्पन्न भएको हो। 
प्रदेश कमिटी सदस्य तथा जिल्ला सचीव ठाकुर कुमार बिक. को प्रमुख आतिथ्यता रहेको बैठक मा प्रदेश कमिटी सदस्य तथा महिला नेतृ छमकुमारी खनाल पार्टी जिल्ला कार्यलय सदस्य द्वय पिताम्बर भुसाल, राजेन्द्र भुसाल नेकपा प्रचार तथा प्रकाशन बिभाग प्रदेश कमिटी सदस्य द्वय हिम जिसि. अशोक खनाल लगायतको उपस्थित रहेको बैठक ले नेकपा जिल्ला प्रचार तथा प्रकासन बिभागको सचीव मा ऋषिराम भुसाल लाई सर्बसम्मत चयन गरेको छ।

अन्य समाचारहरु