जनक के.सी / अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । देशकै ठूलो नगरपालिका शितगंगामा राष्टिय गितको भिडियो सुटिङ्ग सम्पन्न भएको छ।
फागुन २४ गते देखि शितगंगामा जारी राष्टिय गितको सुटिङ्ग आज बुधवार सम्पन्न भएको हो ।
शितगंगा नगरपालिका जन्म भैइ काठमाण्डौलाई कर्म थलो बनाउनु भएका लोक दोहोरी गाएक खुम राज घिमिरे र लोक दोहोरी गायिका राधा आचार्य अधिकारिको “जति हेर्यो झन राम्रो हाम्रो शितगंगा” भन्ने गितको बोल शितगंगाको १४ वटै वाडलाई समेटिएर भिडियो सुटिङ्ग भएको छ ।
भिडियो सुटिङ्ग गर्दा विभिन्न स्थानमा कल्चर झल्किने झाकी पन्चेबाजा, सहित टिपिकल डान्सलाई पनि भिडियोमा देखाउने भन्दै गायक खुमराज घिमिरेले बताउनु भएको छ।
साथै गित सुटिङ गर्दा सहयोग गर्नु हुने देश बिदेशमा रहनुहुने इस्टमित्रलाई धेरै धेरै धन्यबाद दिनु भएको छ। सुर्खेत रेडियो नेपाल देखिको यात्रा “ठाडाको दहमा”तेस्तै एल्बम चल्यो बासना गितको बोल “घर अर्घाखाँचीमा” सफल यात्रा पछि एल्बम “चिन्ता” बिमाकुमारी दुरासँगै “सुपा माईकी थान” तेस्तै तिज गित रेलिमाइ टिपिकल राधा आचार्यसँग लय भाकाले बजार तताएको थियो।
यस्तै थुप्रै एल्बममा आफुलाई चिनाउदै आउनु भएका गायक केही समय घरकै परिस्थितिले गर्दा खुम्चिन बाध्य हुदा हुँदै फेरि गाएन क्षेत्रलाई निरन्तर रुपमा अगाडि बनाउनका लागि ऐले सितगङ्गामा राष्टिय गित सुटिङ गर्दै फेरि आउदा दिनमा अझ रमाइला गित गाउने बाचा गर्दै जिल्लामा चिर परिचित नाम खुम राज घिमिरे सबैको मनमा बस्न सफल भएका छन ।
सुटिङ्गमा सहयोग गर्ने सम्पुर्ण इस्टमित्रलाई धन्यबाद दिदै केही महिनामा मेरो गित बजारमा आउदै छ हेर्न र सुन्नु होला भन्दै म फेरि पन्चेबाजा गित सुटिङ फेरि गाउमै गर्ने बाचा गर्दै सबैलाइ फेरि पनि धन्यबाद दिदै सम्पन भएको थियो।