अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नम्बर–११ डिभर्नाको धारामाथीमा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गएको छ ।
घर पोत्ने रातोमाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लाग्दा चौतारा गाँउकी २३ बर्षिया आरती बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।
स्थानियवासीका अनुसार माटो खन्ने क्रममा ढिस्को खस्न थालेपछी आरती भाग्न खोजेकी थिईन् । ढिस्को संग तर्किएकी उनलाई रुखमा अड्किएको ढुङ्गा खसेर लाग्दा घटनास्थलमै ज्यान गएको हो ।
मृतक बिकका श्रीमान अहिले रोजगारीको सिलसिलामा भारत रहेको छन् । उनको चार वर्षिय एक छोरा पनी छन् ।
शबलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याइएको छ ।