हिम लेकाली
सन्धिखर्क २०७६ फागुन २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सन्धिखर्क नगर कमिटी अर्घाखाँचीकाे तेस्रो पूर्ण बैठक अर्घाखाँची जिल्लाको जिल्लाको मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।
नगर कमिटी का अध्यक्ष श्रीकृष्ण भुसालकाे अध्यक्षतामा सम्पन्न बैठकमा, नेकपा केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज नजिर मियाले नेता कार्यकर्ताहरूलाई पार्टी तथा सरकारले गरेका राम्रा कामहरूकाे प्रचार गर्दै प्रतिकृयाबादिकाे भ्रम चिर्नु पर्ने बताउनु भयाे । उहाँले पार्टीले सारेकाे जन अभियान कार्यक्रम सफल पार्न द्रिढताका साथ जनताकाे घर दैलाेमा पुगि जनताकाे बिश्वास अार्जन गर्न अनुराेध गर्नु भयाे ।

नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज शुशिला श्रीपाली ले पार्टी कमिटीलाई बलियाे बनाउन नेता कार्यकर्ताहरू नीति सिद्धान्त काे अवलम्बन गरि द्रिढता साथ लाग्न अनुराेध गर्नु भयाे । साथै विधि र सिद्धान्तमा पार्टीले काम गर्नु पर्ने बताउनु भयाे । प्रदेश कमिटी सचिवालय सदस्य प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले मन्तब्य राख्दै कृयाशिल पार्टीकाे मात्र भविष्य हुने भएकोले पार्टी लाई कृयाशिल बनाउन नेता कार्य कर्ताहरू लाग्नु पर्ने बताउनु भयाे । उहाँले यथार्थ र वास्तविकता अध्ययन गरि सरकार र पार्टीका बिषयमा उठाईयका भ्रमहरू चिर्न अाग्रह गर्नु भयाे । बैठकमा नेकपा केन्द्र ,प्रदेश तथा जिल्ला पार्टी कार्यालय बाट जारि परिपत्र बाचन गरियकाे थियाे ।

बैठकमा सन्धिखर्क नगरपालिका वडा नं.१ का अध्यक्ष लक्ष्मण पराजुली , २ का अध्यक्ष टाेपलाल खनाल ,३ का नारायण श्रेष्ठ ,४ का गाेविन्द सुनार ,५ का अध्यक्ष डिलाराम बन्जाडे ,६ का प्रितम के.सि., ७ का काशिराज ज्ञवाली ,८ हरि प्रसाद भुसाल ,९ का तुल्सि रायमाझी , १० का राजेन्द्र जि सि ,११ का तेज प्रसाद भुसाल ,१२ राम बहादुर बि क ले अाफ्नाे अाफ्नाे बडाका पार्टी अध्यक्षहरूले रिपोर्टिङ गर्नु भएको थियाे । सचिव शिव प्रसाद अधिकारिकाे सन्चालनमा सम्पन्न कार्यक्रम मा पार्टी नेता तथा कार्यकर्ताकाे उल्लेख उपस्थिति रहेकाे थियाे ।