अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड —१९) संक्रमणको सम्भावित दुर्घटना न्युनिकरणका लागि भन्दै मापदण्ड विपरित कपडाका मास्क उत्पादन गरेको छ।
छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले सस्तो लोकप्रियताको लागि राज्यकोषको ठुलो रकम रकम खर्चेर मापदण्ड विपरित ३० हजार कपडाका मास्क उत्पादन गरेका हुन् ।
कपडाका मास्कले जीवाणु मुखमा जाने र संक्रमण हुने उच्च जोखिम
कोरोना भाइरसको संक्रमणबाट बच्न ‘एननाइन्टीन फाइब’ मास्क प्रयोग गर्नुपर्छ, अहिले नेपालमा आमरूपमा सर्जिकल, एननाइनफाइभ र कपडाको मास्क प्रयोग गरेको पाइन्छ। तरपनि कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि ‘एननाइन्टीन फाइब’ नै प्रयोग गर्नुपर्छ । ‘एननाइन्टीन फाइब’ मास्क लगाउँदा सबैखाले रोगको संक्रमणबाट जोगिन सकिन्छ ।’
सर्जिकल मास्कले वायुमा रहेका भाइरस ब्याक्टेरिया फ्लू वा रुघाखोकी लागेका मानिसले हाच्छिँउ गर्दा वा खोक्दा निस्कने जीवाणु मुखभित्र जानबाट बचाँउछ। तर कपडाको मास्कले कुनै पनि संक्रमणबाट नबचाउने टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अर्घाखाँचीडट्कमलाई बताए। ‘कपडामा बसेका जीवाणु सजिलै हातको माध्यमबाट मुखमा जाने र संक्रमण हुने उच्च जोखिम हुन्छ,’ उनले भने। यस्तै डा. पाण्डेका अनुसार मास्क प्रयोग गर्दा मुख पूर्णरुपले छोप्नुपर्छ। कुनै पनि मास्क लामो समयसम्म प्रयोग गर्नु हुँदैन। मास्कमा वायुमा भएका भाइरस वा ब्याक्टेरिया टाँसिएर रहने उनको भनाइ छ। मास्क प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापन पनि सुरक्षित तरिकाले गर्नुपर्छ।
उता लेखनाथ पोख्रेलले राज्यकोषको रकम खर्चेर सस्तो लोकप्रियता पाउन मापदण्ड विपरित ३० हजार कपडाका मास्क उत्पादन गरेको भन्दै सामाजिक सन्जालमा व्यापक विरोध भएको देखिन्छ । छत्रदेव गाउँपालिकाले अहिलेसम्म कोरोना भाइरस बारेमा जनचेतनाका कार्यक्रम कुनै कही गरेको छैन् । छत्रदेव गाउँपालिकाले संक्रमणबाट बच्न जारी गरेको उपायहरु फेसबूकमा मात्र सिमित छन् । गाउँ – गाउँमा जनचेतना अभियान केही चलाइएको छैन् । बरु प्रहरीले “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत संक्रमणबाट बच्ने उपायबारेमा कार्यक्रम चलाऊदै आएको छ । अध्यक्ष पोख्रेल लगायत छत्रदेव गाउँपालिकाका जनप्रतिनिधीहरु भने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना विपरित भेला, कार्यक्रम, सभा गर्दै हिंडेका छन् ।
कपडाका मास्क उत्पादन र वितरण नगर्न स्थानियबासी को माग
छत्रदेव गाउँपालिकाका स्थानियबासीहरुले कोरोना भाइरसलाई भन्दै सस्तो लोकप्रियता कमाउन कपडाका मास्क उत्पादन र वितरण नगर्न अनुरोध गरेका छन् । उनिहरुले कपडाका मास्कले जीवाणु मुखमा जाने र संक्रमण हुने उच्च जोखिम रहने कपडाका मास्क उत्पादन र वितरण नगर्न अनुरोध गरेका हुन् ।
नेकपाले लगाएको आरोप अनुसार उनले यसअघि पनि खरको छानो भएका घरमा टिनको छानो लगाउने भन्दै राज्यकोषको रकम खर्चेका थिए । अहिले यस गाउँमा कयौ अहिले पनि खरको छानो भएका घरमा बस्न वाध्य छन् ।
२०७४ असारमा सम्पन्न स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा लेखनाथ पोख्रेलले ६१६७ मत ल्याएका थिए । उनका प्रतिद्धन्धी रिषी अधिकारीले ५०६५ मत ल्याएका थिए । कांग्रेसबाट उपाध्यक्षमा कांग्रेसकी तुल्सा देवी श्रेष्ठले ६१९० मत ल्याउनु भएको थियो । उहाँकी प्रतिद्धन्धी एमालेकी मनिषा पन्थीको ४६१६ मत आएको थियो । सो पालीकामा अध्यक्षमा ११०२ र उपाध्यक्षमा १५६५ मतको अन्तर परेको थियो ।

के हो त कोरोना भाइरस ?
कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।
सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।
काेराेना भाइरस संक्रमणका लक्षण
– रुघा खोकी लाग्नु,
– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,
– घाँटी, टाउको तथा जिउ दुख्ने
– निमोनिया हुनु,
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।
कसरी हुन्छ संक्रमण ?
कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।
भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन ।
भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।
कसरी बच्ने ?
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– नियमित साबुन पानीले हात धुने,
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने


