हिम लेकाली/ अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची चैत्र १ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीकाे बैठक सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ।
समितिका उपाध्यक्ष बाल बहादुर जिसिकाे अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका केन्द्रीय सदस्य कविसिंह कठायतले संगठनकाे परिपत्रकाे जानकारी तथा संगठनकाे भावी कार्यक्रमबारे प्रकाश पार्नु भएको थियोे ।
बैठकले समितिका रिक्त रहेका पदहरूकाे समेत पुर्ति गरेकाे छ । जसमा रिक्त रहेकाे अध्यक्ष पदमा शिला पाेख्रेल, महिला उपाध्यक्षमा तुलसा श्रेष्ठ र काेषाध्यक्षमा गणेश भण्डारीलाई सर्बसम्मत रूपमा मनाेनयन गरेको छ ।
बैठकले कर्मचारी संगठन बाट अर्घाखाँचीकाे पर्यटकिय स्थल नरपानीमा निर्माणाधिन सहिद पार्ककाे नविकरण गरि बाँकि कामलाई अगाडि बडाउन थप पहल गर्ने समेत निर्णय गरेकाे छ ।
संगठनका सचिव दिलिप केसिकाे सन्चालन मा सम्पन्न बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल बिभाग प्रमुख पिताम्वर भुसाल, पेशागत महासंघ अध्यक्ष एवं नेकपा प्रचार बिभाग प्रमुख तिलक मिश्र, सिबिए काबा अध्यक्ष बलराम मिश्रकाे समेत अातिथ्यता रहेकाे थियाे ।