छत्रदेवमा नेकपा गाउँपालिका कमिटिकाे चाैंथाे पुर्ण बैठक सम्पन्न

हिम लेकाली 
छत्रदेव फाल्गुन ३० – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) छत्रदेव गाउँ पालिका कमिटिकाे चाैंथाे पुर्ण बैठक सम्पन्न भएको छ । 
नेकपा अध्यक्ष रामलाल पराजुली काे अध्यक्षता मा सम्पन्न बैठकमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज शुसिला श्रृपालीले नेकपा तथा सरकारले गरेकाे असल कामहरूकाे प्रचार गर्दै सत्य तथ्य कुरा जनता बिचमा ल्याउन कार्यकर्ताहरूलाई अनुराेध गर्नु भएको छ । उहाँले पार्टीले सन्चालन गरेकाे ३ महिने जनअभियान सफल पार्न जनताकाे घरदैलाेमा पुग्न सबै नेताकार्यकर्ता लाई अाग्रह गर्नु भयाे ।
कार्यक्रममा नेकपा ५ नं.प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नं १ ईन्चार्ज नरेन्द्र कुमार क्षेत्री ले नेकपा का नेता तथा कार्यकर्ताहरू कम्युनिस्ट अाचारणमा रहेर जनप्रीय काम गर्न सके कहिल्यै कमजाेर नहुने बताउँदै उच्चमनाेवलका साथ कार्यक्षेत्रमा श्रेष्ठता हासिल गर्न अाग्रह गर्नु भयाे । बैठकमा केन्द्र ,प्रदेश तथा जिल्लाका परिपत्र समेत बाचन गरियकाे थियाे भने पार्टि सुदृढीकरण तथा जन अभियान सफल पार्न पालिका कमिटीले विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेकाे छ ।
बैठकमा नेकपा प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नं. १ सह ईन्चार्ज छम कुमारि खनाल चिनारि , जिल्ला सदस्य छत्रदेव ईन्चार्ज भबिस्वर पाण्डे ,सह ईन्चार्ज माधव पन्थी, निर्वाचन क्षेत्रीय सचिव धुर्वकुमार पाण्डे , जिल्ला सदस्य हरु रामजि प्रसाद ज्ञवाली, नवराज रायमाझी, प्रदेश बिभाग सदस्य भाेजराज पाण्डे लगाएतकाे अातिथ्यता रहेकाे थियाे । सचिव भाेज बहादुर रायमाझी काे सन्चालनमा सम्पन्न बैठकले एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान लाई ब्यवस्थित र भब्यरुपमा सन्चालन गर्ने लगाएतका महत्त्वपूर्ण निर्णयहरु गरेको छ।

अन्य समाचारहरु