अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क–गोरुसिंगे सड्क असिना थुप्रिएपछि अवरुद्ध भएको छ । आइतबार बिहान सन्धिखर्कबाट बुटवल र काठमाडौ छुटेका गाडी नरपानी दहखोलामै रोकिएका छन् ।
शनिबार राति परेको असिना पानीको सन्धिखर्कको फुदवाङमा सडक माथिबाट आएको पहिरो बिहानै हटाएर बाटो खुल्ला गरे पनि रातामाटा र नरपानी क्षेत्रमा असिना थुप्रिएकाले गाडी चल्न नसकेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।
असिनाका कारण नरपानीदेखि ठाडासम्म बाटो अवरुद्ध छ । घाम लागेर पग्लेपछि मात्रै गाडी चल्न सक्ने उनले बताए ।