अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाभर शनिबार परेको असिना पानीका कारण जनजीवन प्रभावित भएको छ।
उता जिल्लाको नरपानी क्षेत्र हिउँले ढाकिएको छ। सन्धिखर्क ६ को नरपानी र ७ को खाँचीकोट क्षेत्रमा हिउँ परेपछि जनजीवन प्रभावित भएको छ।
तर, हिउँ परेसँगै हिउँ खेल्नेहरुको भीडभाड बढेको छ।शनिबार परेको हिमपातले विभिन्न जिल्लामा हिउँदे बालीमा क्षति पर्याएको छ।