ठाडाको रजिया रातामाटाका १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची  शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको रजिया रातामाटाका १० वर्षीय बालक विकास नेपालीको असिनापानीले चुटेर मृत्यु भएको छ । अर्घाखाँचीका डिएसपी प्रकाश विष्टले शनिबार राति असिनापानीको चुटाइबाट उनको मृत्यु भएको बताए । 
नेपाली शनिबार दिउँसो घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका थिए । बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । विकास सुस्त मनस्थितिका थिए । 

अन्य समाचारहरु