शितगंगा प्राकृतिक बिपत्तिमा: नगरपालिकाद्वारा भीषण वर्षा, असिनाले मानवीय सहित ठुलो क्षति भएको भन्दै सहयोग गर्न सरकारलाई अपिल

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगामा गएराती १० बजेदेखी १ बजे सम्म लगातार परेको अबिरल वर्षा सहित असिनाले वार्ड नम्बर ३ र ४ मा पुर्णरूपमा क्षति भएको र वार्ड नम्बर ५ र १२ मा आंसिक क्षति हुन पुगेको छ । 
नगरको ३/४/५ र १२ वार्डमा मानवीय क्षति सहित ३ हजार घरपरिवारमा पुर्ण तथा आंसिक रूपमा हिउदे अन्नबाली, तरकारी खेती , फलफुल तथा कुखुरा पाल्ने घरटहरा , विभिन्न नर्सरीमा प्राकृतिक बिपत्तिबाट हुन पुगेको क्षति प्रति गहिरो दु:ख प्रकट गर्दै यसलाई राष्ट्रिय बिपत्तिको रूपमा हामीले लिएका छौं जारी बिज्ञप्तिमा जनाईएको छ । 
साथै पिडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रीय सरकार / प्रदेश सरकार तथा सरोकारवाला विभिन्न संघ/सस्थालाई अपिल समेत गरिएको छ ।

अन्य समाचारहरु