दुबै मिर्गौलामा समस्या भएकी अर्घाखाँची छ्त्रदेब गाउँपालिका वार्ड ८ कि सुनिता बि.कको उपचारको लागी बल्कोट अर्घाखाँची सम्पर्क समाज युएईले संकलन गरेको आर्थिक तथा खाद्यान्न सहयोग हस्तान्तरण गरेको छ । बल्कोटको पौवामा भएको हस्तान्तरण कार्यक्रममा छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले सुनिता बि.कका श्रीमान प्रकाश बिकलाई ५१ हजार ५ सय रुपैयाँ तथा १क्युन्ट्ल चामल , १ थान बिस्तारा हस्तान्तरण गर्नु भएको थियो। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा सबै छ्त्रदेब गाउँपालिका का सबै वार्डका अध्यक्ष स्थानीय समाज सेवि पार्टी प्रतिनिधि अनि बल्कोट अर्घाखाँची सम्पर्क समाजका संस्थापक सदस्य राजु घिमिरे लगायतको उपस्थिति रहेको थियोे । उपस्थित सबैले सहयोगको लागी समाजले गरेको काम प्रती प्रसंसा गर्नु भएको थियो । सुनिता बि.क . को अहिले काठमाडौको बिर अस्पतालमा उपचार भैरहेको छ । छ्त्रदेब गाउँपालीकाका कमजोर आर्थिक अबस्थामा रहेका परिवार , रोग लागेर उपचार गर्न नसक्ने गरिबको लागी सहयोग संकलन गरि हस्तान्तरण आफुहरुले गर्दै आएको र भोलीका दिनमा पनि दुखित पीडितलाई सहयोग गर्दै जाने बल्कोट अर्घाखाँची सम्पर्क समाजका सचिब अमित पाण्डेले अर्घाखाँची डटकम संगको कुराकानीमा बताउनु भएको छ ।
केशब पन्थी / प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २ चैत । दुबै मृगौला फेल भएकी अर्घाखाँचीको छत्रदेव ८ अर्घातोषकि सुनिता विकलाई उपचारको लागि वल्कोट अर्घाखाँची सम्पर्क समाज युएईले अािर्थक तथा खाद्यान सामाग्री हस्तान्तरण गरेको छ । दुवै मृगौला पिडित सुनिताको काठमाण्डौको विर अस्पतालमा उपचार भैरहेको छ ।
छत्रदेव २ बल्कोट पौवामा आज एक कार्यक्रमको आयोजना गरि बल्कोटबाट रोजगारीमा युएईमा गएका युवाहरुले संकलन गरेको ५१ हजार पाँच सय रुपैया सहित एक क्वीन्टल चामल, दाल, तेल , एक जोर विस्तारा समेत सुनिताका श्रीमान प्रकाश विकलाई गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले हस्तान्तरण गर्नु भयो ।
आर्थिक सहयोग हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले आर्थिक अभावमा उपचारमा समस्या भएको परिवारलाई आर्थिक तथा खाद्यान र लत्ता कपडा समेत प्रदान गर्ने वल्कोट अर्घाखाँची सम्पर्क समाज युएइको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा छत्रदेव २ का वडा अध्यक्ष राजेश पन्थी, ३ का अध्यक्ष तेजप्रसाद खनाल, ८ का अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य केशव श्रेष्ठ, नेकपाका धर्म भुसाल, रामलाल पराजुली, वल्कोट वल्कोट अर्घाखाँची सम्पर्क समाज युएइका सस्थापक सदस्य राजु घिमिरे, लेखनाथ पौडेल, लगायतको उपस्थिति रहेको थियो ।
छत्रदेव गाउँपालिका भित्रका आगोलागि पिडीत, रोग लागेर आर्थिक अबस्था कमजोर भएका तथा दुखी गरिबहरुलाई सस्थाले यस अघि पनि सहयोग गर्दै आएको वल्कोट अर्घाखाँची सम्पर्क समाज युएइका अध्यक्ष तुमलाल पाण्डेले बताउनु भयो ।