अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न ७ खाँचिकोटको प्रगतिनगर भालुखोलामा रहेको श्री जन जिवन आधारभूत बिधालयमा माक्स बितरण कार्यक्रम सम्पन्न भएको छ ।
श्री जन जिवन आधारभूत बिधालयमा अध्ययन गर्ने बिधार्थीहरुलाइ अर्घाखाची घर भइ हाल काठमाडौं बसेर ब्यापार गर्दै आउनु भएका ब्यबसायी दुर्गा बन्जाडेको सहयोगमा अर्घाखाची डट्कम मार्फत माक्स बितरण तथा कोरोना रोग पुर्बसाबधानी तथा कोरोना भाइरसबाट बच्नको लागी आबस्यक पर्ने न्युनतम सरसफाइ पुर्ब होसियारी , साबाधानी , माक्स प्रयोग गर्ने तरिका , ब्यक्तिगत सरसफाइ जस्ता बिषयहरुमा जानाकारी दिने र माक्स बितरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सोहि स्कुलका प्र अ खिमानन्द आचार्य तथा शिक्षक रुद्र ज्ञवालीले कोरोना भाइरसबाट बच्न्नको लागी ब्यक्तिगत सरसफाइ र पुर्ब साबधानी अपनाउन बिधार्थीहरुलाइ प्रशिक्षित गर्नु भएको थियो।
यसै गरि सोहि कार्यक्रममा अर्घाखाची डट कम सस्थापक तथा प्रमुख मेहर सिह के सी तथा डट सहकर्मी रमेश के सी लगायतको उपस्थितिमा माक्स बितरण तथा कोरोना रोग समन्धी सचेतना कार्यक्रम सम्पन्न भएको थियो ।




