अर्घाखाँची अस्पतालले आइसोलेसन कक्ष स्थापना गर्ने

अशाेक खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची अस्पतालले कोरोना भाइरसको शंकास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्षको स्थापना गर्ने भएको छ।
सन्धीखर्क नगरपालिकाको पहलमा अस्पतालमा आईसोलेसन कक्ष स्थापना हुँन लागेको हो । आइसोलेसन कक्ष निर्माणको तयारीका लागि सन्धीखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक,नगर प्रबक्ता लिलाराम गौतम सोमबार अस्पताल पुगि आजै देखि कार्य प्रारम्भ गर्न नगरपालिकाका सिनियर सव-इन्जिनियर हरि बोहरालाई खटाइएका छन् ।
कक्ष स्थापना पश्च्यात अस्पतालले जिल्लामै शंकास्पद बिरामीको खकार,सिंगानको नमुना संकलन गरी परिक्षण गर्ने ब्यवस्था मिलाउने अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए ।

अन्य समाचारहरु