शितगंगा र भुमिकास्थानमा बर्षा र असिनाबाट भएको व्यापक क्षतिप्रति टाेपबहादुर रायमाझी, प्रमुख जिल्ला अधिकारीद्वारा दुःख व्यक्त

श्याम घिमिरे  गणेश खनाल 
सन्धिखर्क, अर्घाखाँची । नेकपा केन्द्रीय स्थायि कमिटी सदस्य तथा प्रतिनिधि सभासदस्य टाेपबहादुर रायमाझी र राष्ट्रिय सभाका चन्द्रबहादुर खड्का उज्ज्वलले सितगगा नगरपालिका वाडनम्वर १२ का वर्ष १० का विकास नेपाली, भुमिकास्थान नगरपालिका वाडनम्वर ९ का वर्ष ३८ का शालिकबहादुर बलालकाे प्राकृतिक विपतबाट ज्यान गुमाएकाे दुख व्यत्त गदै शाेकाकुल परिवारलाई धैर्य धारणा गर्न अाग्रह गर्नुभएकाे छ ।
चैत्र १ गते सितगगा नगरपालिकाका विभिन्न वाडहरूमा अाएकाे असिना पानिले पुर्‍याएकाे क्षति प्रति दुख व्यत्त गदै राहत र क्षतिपूर्तिको लागि अाफनाे तर्फबाट विशेष पहल गर्ने रायमाझी र खड्काद्वारा जारी प्रेस विज्ञप्ति मार्फत जनाईएकाे छ ।
प्रमुख जिल्ला अधिकारीद्वारा  दुःख व्यक्त 
चैत ३ अर्घाखाँची- प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले चैत १ गते राती परेको असीना सहितको अविरल वर्षाको कारण भएको क्षतीप्रति दुःख व्यक्त गर्नुभएको छ । पौडेलले बिज्ञप्ती मार्फत शितगंगा नगरपालिका वडानम्वर ३, ४, ५ र १२ का करीब तिन हजार घर परीवारका करोडौं मुल्य बराबरको खेतिपाति ,फलफुल, नर्सरी, घरटहराहरुमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।
यस्तै प्रजिअ पौडेलले भुमिकास्थान नगरपालिका वडानम्वर ९ निवासी ३८ वर्षिय शालिक बहादुर बलाल र शितगंगा नगरपालीका वडानम्वर १२ निवासी १० वर्षिय बिकास नेपालीको निधनप्रति पनि गहिरो दुख्ख व्यक्त गर्नुभएको छ । पौडेलले पिडित परीबारप्रति उचित राहतकोलागी पहलगर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

अन्य समाचारहरु