विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाईरसकाे विषयलाई मध्यनजर गर्दै औषधी व्यावसायी संघ अर्घाखाँचीद्वारा पत्रकार सम्मेलन । आपुर्तिमा समस्या आएता पनि जिल्लामा ३ देखि ६ महिना सम्मकाे लागि औषधी स्टक रहेकाे र कुनै पनि कालाेवजारि नगर्न सम्पुर्ण व्यवसायीहरुमा अनुराेध । आवश्यक परे क्वारेन्टाइनकाे पनि व्यवस्था रहेकाे र सामान्य रुघाखोकी लाग्दा पनि न आतिने तर आफ्नाे प्रतिरोधात्मक क्षमतालाई बृद्धी गर्ने खानेकुरा खाने र सरसफाइमा ध्यान दिन औषधी व्यवसायी संघ अर्घाखाँचीेले अनुराेध गरेकाे छ ।
अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) चैत ३। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको बिषय लाई लिएर औषधि ब्याबसाही संघ अर्घाखाँचीले सन्धिखर्कमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
कार्यक्रम मा मन्तव्य राख्दै संघ का लुम्बिनी परामर्श समितिका सल्लाहकार नारायण पौडेलले भन्नू भयो अहिले को अबस्थामा आपूर्ति बन्दै भए पनि जिल्लामा ३ देखि ६ महिना सम्म को लागि करिपन डेढ करोड को औषधि स्ट्क रहेको र औषधि को कारण कुनै पनि सकट हुन नदिने प्रस्ट पार्नु भयो ।
सोही कार्यक्रममा मन्तब्य राख्दै संघका महासचिव तिलक मिश्र ले भन्नू भयो आफू हरु बाट कहिले पनि कालो बजारी नभएको भन्दै यो जटिल परिस्थितिमा मा बिश्व ब्यापी रुपमा फैलिएको प्राण धातक भाइरस को विरुद्ध मा साझेदारी र जनचेतना मुलक कार्यक्रम संचालन गर्न सबै मा आह्वान गरे आफू हरु ले जिल्लामा लागू औषध र दुर्ब्यसनीका कुनै पनि औषधि लाई बिक्रि बितरण मा रोक लगाइएको समेत प्रष्ट पारेका थिए ।
संघ का जिल्ला अध्यक्ष प्रेम बहादुर प्रछाइ को अध्यक्षतामा सम्पन्न कार्यक्रम को संचालन महासचिव तिलक मिश्र ले गरेका थिए ।