शितगंगा नगरपालिकाका असिना प्रभावितलाई राहत दिलाउने सासंदहरुको प्रतिवद्धता

नविन के.सी
ठाडा, अर्घाखाँची, ३ चैत । शनिबार रातभर परेको असिना पानीले गहुँखेती संगै हिउँदे अन्न बाली नष्ट गर्दा शितगंगा  नगरपालिकाको वडा नं ३ , ४ , ५ र १२ नम्बर वडाका ३ हजार घरधुरी प्रभावित किसानहरुलाई उचित राहत र क्षतिपूर्ती दिलाउने सासंदहरुले प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधी सभाका सदस्य टोपबहादुर रायमाझी र राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्जवलले सोमबार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै अन्न बाली संगै भएको भौतिक क्षतिको अधिकतम राहत र क्षतिपूर्ति दिलाउन पहल गर्ने उल्लेख गर्नु भएको छ ।
शनिबार राती परेको अबिरल वर्षा र असिनाकाकारण दुई जनाको ज्यान गएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३८ वर्षीय सालिकबहादुर वलाल सितगंगा नगरपालिकाका वडा नं १२ रजियाका १० वर्षीय बालक बिकास नेपालीको असिनाको चुटाईका कारण ज्यान गएको घटना प्रति दिबगंत आत्मको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।
नेकपा अर्घाखाँचीले यस घटनाबाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टि अध्यक्ष चेतनारायण आचार्य र सचिब ठाकुर कुमार बिकले संयुक्त बिज्ञप्ती निकाली स्थानीय, प्रदेश र संघिय सरकारबाट तत्काल राहत उपलब्ध गराउन आग्रह गरिएको छ ।
राष्ट्रिय विपद् घोषणा गर्न नगरपालिकाको माग
सितगंगा नगरपालिकामा भएको प्राकृतिक बिपद्लाई राष्ट्रिय बिपद् घोष्णा गर्ने नगरस्तीय विपद् व्यवस्थापन समितीले निर्णय गरेकोे नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताए । ‘किसानको अन्नबालि सबै नष्ट भएको छ । हामिले मानविय क्षती संगै असिनाले खाद्यन्न बाली नष्ट गर्दा ठुलो संकट भोग्नु पर्ने अबस्था आएको छ ।
बिपद्को घडिमा प्रदेश र संघिय सरकारले यसलाई राष्ट्रिय प्राकृतीक बिपत घोषणा गरि तत्काल राहत र क्षति पूर्ति दिन माग गर्ने गरि निर्णय गरेका छौँ।’ जिल्लाको सितगंगा नगरपालिकामा असिनाले किसानहरुलाई ठुलो नोक्सान पुराएको प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेलले बताए । ‘असिनाले बालि नष्ट गरेको सुने पछि जिल्लाको बिपत व्यबस्थापनको टोलीले स्थलगत अबोलकन गरेर फर्केका छौ । ‘पौडेलले भने ‘ तीन दिन भित्र क्षतीको विवरण संकल्न गर्ने र प्रदेश र संघिय सरकार संग राहत माग गर्ने निर्णय गरेका छौँ ।

अन्य समाचारहरु