छत्रगञ्जमा अपराध नियन्त्रण तथा कोरोना भाइरस सम्बन्धि विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
छत्रगञ्ज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ को छत्रगञ्जमा “सार्वजनिक सुनुवाई तथा अपराध नियन्त्रणका लागि प्रवर्द्धनात्मक प्रशिक्षण तथा कोरोना भाइरसको अवस्था र बचाउका उपाय सम्बन्धि विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
छत्रदेव गाउँपालिकाको कार्यालयमा स्थानिय जनप्रतिनिधी, भद्रभलाद्मी, कर्मचारी, सञ्चारकर्मी, शिक्षक, युवा संजाल, महिला गरी ८० जनाको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले “सार्वजनिक सुनुवाई तथा अपराध नियन्त्रणका लागि प्रवर्द्धनात्मक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम” गरिएको हो । 
उक्त कार्यक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश बिष्टले जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट सम्पादीत कार्यहरुको जानकारी गराउदै, उठेका प्रश्नहरुको जवाफ दिनु भएको साथै समसामयिक सुरक्षा स्थिती तथा अपराधको अवस्था, अपराधबाट बच्ने उपाय तथा आम जनसमुदाय तथा जनप्रतिनिधिको भूमिकाको विषयमा प्रशिक्षण दिनु भएको थियो । 
यस्तै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले अन्तरक्रिया कार्यक्रममा उठेका अन्य विभिन्न जिज्ञासाको जवाफ दिनु भएको थियो । 

अन्य समाचारहरु