सन्धिखर्कमा ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा ८४ बर्ष पुगेका जेष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा सम्बन्धी सरोकारवाला बिच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य प्रमुख पुष्पा थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी, पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल नगरपालिका गाउँपालिका स्वास्थ्य शाखाका प्रमुखहरु उधोग बाणिज्य संघका लक्ष्मण कडेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम गिता भुसालको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु