सन्धिखर्क नगरपालिकाद्वारा किसानहरुलाई बयर जातको बोका बितरण (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अर्घाखाँचीले नगरपालिका भित्रका १२ वटा वार्डका किसानहरुलाई १ वटाका दरले बयर जातको बोका बितरण गरेको छ । 
बोकाहरु नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिकले १२ वार्डका किसानहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा वार्ड नम्बर ३ का अध्यक्ष तथा नगर प्रबक्ता लिलाराम गौतम, वार्ड नम्बर ८ का अध्यक्ष ईश्वरीप्रसाद भुसाल, निमित्त प्रमुख प्रशासकिय अधिकृत युगल नारायण, बस्याल शाखा अधिकृत मन्जु खनाल बिभिन्न शाखाका प्रमुखहरु नगरसभा सदस्य मान बहादुर सुनार, वल बहादुर बिसी, आशा परियार १२ वार्डका सेलेक्टेड किसानहरु पत्रकारहरुको उपस्थितिमा बयर जातको बोका बितरण गरिएको हो ।

अन्य समाचारहरु