चुत्राबेसीको सिद्धेश्वर शिवालय मन्दिरमा कोरोना भाइरस नफैलियोस् भन्दै पूजापाठ

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । कोरोना भाइरस (कोभिड–१९)को त्रास बढेको बेला अर्घाखाँची जिल्लाको चुत्राबेसीमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा भाइरस नेपालमा नफैलियोस् भन्दै विधिपूर्वक हवन गरिएको छ ।
सबै नेपालीको सु-स्वास्थ्यको कामना गर्दै फटिक धातुको शिवलिङ्ग रहेको सिद्धेश्वर शिवालयमा शनिबार हवन तथा शान्ति प्रार्थना गरिएको हो ।
कोरोनाको प्रभावबाट सर्वसाधारणलाई बचाउन हवन गरिएको सिद्धेश्वर मन्दिरका सल्लाहकार नारायण खनालले बताउनु भयो ।    

अन्य समाचारहरु