अर्घाखाँची पाली रुपन्देही सम्पर्क समाजको रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल । अर्घाखाँची पाली रुपन्देही सम्पर्क समाजको रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । 
अर्घाखाँची पाली रुपन्देही सम्पर्क समाजको पाँचौ स्थापना दिवसको उपलक्ष्यमा बुटवलकै ब्लड बैंकको हलमा कोरोना भाइरसको त्रास बढीरहेको बेला रक्तदान कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा संस्थाका सदस्य तथा शुबेक्छुकबाट करिब ८० पिन्ट रगत संकलन भएको थियो ।
कार्यक्रमको सुभारम्भ अध्यक्ष अजित खनालले गर्नु भएको थियो । भने रगत संकलनको सम्योजन ब्लड बैंक कि प्रमुख राधा पौडेलले गर्नु भएको थियो । कार्यक्रम सन्चालन सचीव चन्द्रकान्त खनालले गर्नु भएको थियो । यस्तै कार्यक्रममा अतिथि अर्घाखाँची सम्पर्क समाज मुल समितिका उपाध्यक्ष रामचन्द्र पन्थिको उपस्थिती थियो । 

अन्य समाचारहरु