नरपानी पिकनिक स्थल बन्द, सुपादेउरालीमा पुजा गरेर भोजभतेर गर्न नपाईन

अर्घाखाँचीडट्कम संवाददाता 
सुपादेउराली, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सुपादेउराली दर्शन गर्न २५ जना भन्दा बढी आएर भेला भएको भनेर आलोचना भईरहेको बेला नरपानी पिकनिक स्थल बन्द गर्ने निर्णय गरिएको छ ।       
शनिबार बिहान बसेको नरपानी पर्यटन प्रवर्द्धन परिषदको बैठकले कोरोना भाईरसको त्रास बढीरहेको भन्दै सरकारको अर्को निर्णय नआउँदासम्म भोलीदेखी नरपानी पिकनिक स्थल बन्द गर्ने निर्णय गरेको हो ।
उता गोरुसिङ्गे सन्धिखर्क सडकखन्डमा यातायातका साधन खुल्ला गरिएको आज पहिलो दिन सुपादेउरालीमा दर्शन गर्न भारतीय देखि नेपालीहरुको उल्लेखनीय चहलपलसँगै नरपानीको पिकनीक स्थलमा करिव ८५ जनाले रमाईलो गरेको देखिएको थियो । 

अन्य समाचारहरु