अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कोरोना भाईरस संक्रमणको बारेमा अन्तरक्रिया सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा कोरोना भाईरस संक्रमणको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रम पुष्पा थापाको संयोजकतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सासद चेत नारायण आचार्य, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल लगायतको उपस्थिती थियो ।