अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । विश्वमा कोरोना भाइरसको सन्न्रास र माहामारी फैलिरहेको बेला अर्घाखाँची जिल्लामा पनि त्यसको प्रभाव परेको छ । जिल्लाको सदरमुकाम सन्धिखर्कका औषधालय/हस्पिटल तथा क्लिनिकहरूमा मास्क तथा स्यानिटाइजरको अभाव रहेको छ ।
यस्तै ग्राहकहरूले धेरै परिमाणमा सामानहरू खरिद गरी लगेको कारण जिल्लामा तेल, नुन, चिनीको अभाव भएको छ ।
यसैगरी सन्धिखर्क नगरपालिकाको बजारमा के कस्तो असर परेको छ ? औषधालय/हस्पिटल तथा क्लिनिकहरूमा मास्क तथा स्यानिटाइजरको अभाव वा कालोबजारी के कस्तो छ ? बजारमा खाद्यान्न,ग्यास,पेट्रोलको बिक्री बितरणको अबस्था के कस्तो छ भनि अध्ययन गरी कालोबजारी गर्नेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय र सन्धिखर्क नगरपालिकाले आज संयुक्त बजार अनुगमन गरेको छ ।
अनुगमनमा मास्क तथा स्यानिटाईजरको ठूलो अभाब रहेको बताइएको छ । सहायक जिल्ला प्रमुख अधिकारी बिष्णुराज बेल्बासेका अनुसार कुनै पनि ब्यापारीले कालो बजारी नगरेको तर ग्राहकहरूले धेरै परिमाणमा सामानहरू खरिद गरी लगेकोले गर्दा निकट भबिष्यमा तेल,नुन, चिनीको अभाव हुने भएको छ ।