अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाका वडाअध्यक्ष नारायण खड्काले आफ्नो पेन्सनको पैसाबाट स्थानियबासीलाई माक्स बितरण गरेका छन् ।
डिभर्नाका वडाअध्यक्ष नारायण खड्काले आफ्नो पेन्सनको पैसाबाट वार्डका स्थानियबासीलाई तीन हजार माक्स बितरण गरेका हुन् । यस्तै उनले सन्धिखर्कमा प्रहरी जवान देखि स्थानियबासीलाई माक्स बितरण गरेका छन् ।
यस्तै लकडाउनको बेला विरामी वा बिचल्ली परेका स्थानियबासीलाई अस्पताल, घर पुराउने गरेका छन् ।
खड्काले वडाअध्यक्ष भएदेखि आफुले पाउने सम्पूर्ण तलब समाजसेवामा गर्दै आएका छन् । डिभर्नामा खड्का नेपाली कांग्रेसको तर्फबाट तत्कालिन नेकपा एमालेलाई थोरै मतले हराउदै निर्वाचित भएका थिए ।