पाणिनी गाँउपालिकामा सुरक्षा र स्वास्थ्य निकायले वढायो सक्रियता

डिआरजी सुमन
मैदान,  अर्घाखाँची डटकम्/व्युरो रिपोर्ट । अर्घाखाँची ज़िल्लाको पाणिनी गाँउ पालिकामा विश्व व्यापी कोरोना संक्रमण नियन्त्रणको लागी व्यापक तयारी भई रहेको स्थानिय निकायले वताएको छ । स्थानीय स्तरमा सुरक्षाको निगरानी व्यापक रहेको पाणिनी गाँउ पालिका स्थित प्रहरी चौकी पाली प्रमुख असई गंज वहादुर घर्तिमगरले वताउनु भएको छ । उहाले भन्नु भयो सरकारको लकडाउनमा लापरवाही गरे जो केहीलाई पनि कडा कारवाही हुन्छ  ।
यता आकस्मिक अवस्थामा मात्र स्वास्थ्य संस्थामा चेक गराउन आउन डाक्टरको सल्लाह छ । पाणिनी गाँउ पालिका स्थित स्थानीय स्वास्थ्य संस्थाहरुले विरामी उपचारको तयारी कसरी गरि रहेका छन ? भन्ने जिज्ञासामा पाणिनी गाँउ पालिका वडा नं ५ स्थित मैदान स्वस्थ्य चौकी प्रमुख डा.जगदीश घिमिरेले भन्नु भयो हामी विहानै ८ वजेदेखी स्वास्थ्य केन्द्रमा आएका छौ ।
आज साँझसम्म यस्तो कुनै संकास्पद कोहीपनि विरामी आएको छैनन्  । आकस्मिक वाहेकका सेवा वन्द गरिएको छ  । सामान्य विरामी भएमा सवैलाई घरमै वस्न सल्लाह दिएका छौ । हामी सजग र सचेत हुनुपर्छ यों रोग आउन नदिन आफै सजग भएपनि पुग्छ भन्ने सल्लाह दिएका छौ । भारत तथा तेस्रो मुलुकवाट आएका सवै १४ दिन होम करेन्टाईममा वस्न आग्रह गरेका छौ । तत्काल आतंकित हुनुपर्ने अवस्था छैन तर लापरवाही कसैले गर्नु हुदैन घिमिरेको सुझाव छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु