अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लकडाउन अवज्ञा गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
सन्धिखर्क, फुदवाङ लगायतका कयौ ठाउँहरुमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको एक हप्ते लकडाउन उल्लङ्घन गर्ने आधा दर्जनलाई पक्राउ परेका हुन् ।
लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही गर्ने बताएको छ ।
यस्तै लकडाउन उल्लङ्घन गर्ने वा बिनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने जनाइएको छ । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ ।